ऐतिहासिक जोलजिबी मेलाको उद्घाटन, विकासका लागि तीनै तहका सरकारको साझेदारीमा जोड

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जोलजिबीमा लाग्ने मेलाको औंपचारिक उद्घाटन भएको छ । मङ्सिर १ गते (आज) बाट सुरु भएको जोलजिबी मेलाको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।

मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा मुख्यमन्त्री शाहको प्रमुख आतिथ्यता रहेको थियो । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामी, आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडू (कस्यप), मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी, व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी बिष्ट, प्रमुख जिल्ला अधिकारी किरण जोशी, मालिकार्जुनका निवर्तमान अध्यक्ष नरेन्द्रसिंह धामी लगायतको आतिथ्यता रहेको थियो ।

जोलजिबी मेलाको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री शाहले विकासका लागि स्थानीय तहसंग साझेदारी गरेर अगाडि बढ्न सुदूरपश्चिम प्रदेश सरकार तयार रहेको बताउनुभयो । मालिकार्जुन गाउँपालिका अध्यक्ष धामीले पर्यटनसंगै समग्र विकासका लागि तीनै तहका सरकारको साझेदारी आवश्यक रहेकोले सहयोग एबं साझेदारीका लागि अनुरोध गर्नुभयो । कार्यक्रमका सबै वक्ताहरूले मेला भब्यताका साथ सम्पन्न होस भनि शुभकामना व्यक्त गरेका छन् ।

नेपाल–भारत सीमा क्षेत्र जोलजिबी र जौलजिबी बजारमा हरेक वर्ष सास्कृतिक तथा व्यापार मेला लाग्दै आएको छ । काली र गोरी नदीको संगम जोलजिबीमा नेपाल र भारत दुबै तर्फ यो मेला लाग्ने गरेको हो । जोलजिबी मेलामा मालिकार्जुन गाउँपालिकाले यो वर्ष ६ लाख रुपैँया बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट मेलाको समग्र व्यवस्थापन गरिने प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताउनुभयो ।

मेलामा मालिकार्जुन गाउँपालिकाले अन्तर वडास्तरिय सास्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । प्रतियोगितामा पालिकाभरीका ८ वटै वडाहरुमा रहेका विभिन्न सांस्कृतिक प्रतिभा तथा कार्यक्रमहरु संञ्चालन हुने गाउँपालिका गाउँपालिकाका कर्मचारी लोकेन्द्रसिंह धामीले बताउनुभयो । सांस्कृतिक कार्यक्रममार्फत मौलिक संस्कृतिको जर्गेना गर्ने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ । मेलामा गायन एकल र सामुहिक, बाध्यबाधन, नृत्य प्रस्तुती हुने बताइएको छ ।

मेलामा प्रथम हुनेलाई १० हजार, द्धितिय हुनेलाई ८ हजार र तृतिय हुनेलाई ६ हजार पुरुस्कार दिइने छ । पालिकाको तर्फबाट प्रतेक वडालाई व्यवस्थापन खर्च स्वरुप ३० हजार बजेट उपलब्ध गराइनेछ ।

सन् १८७१ मा भारतको अस्कोटका तत्कालीन राजा पुस्कर पालले जोलजिबीमा ज्वलेश्वर मन्दिरको स्थापना गरि मेलाको सुरुवात गरेको बताइन्छ । सोही सम्झनामा हरेक वर्ष मङ्सिर १ गते देखि जोलजिबी मेला लाग्दै आएको छ ।

जोलजिबी मेलामा जुम्ला तथा हुम्लाका घोडा, दैनिक उपभोग्य सामाग्री, भाडाकुडा, कपडा तथा खाद्यान्नको राम्रो ब्यापार हुने गरेको छ ।

मेला अवधिभर नेपाल भारत जोड्ने जोलजीबी पूल राती साढे १० बजेसम्म खुल्ला गर्ने दुबै देशका स्थानीय अधिकारीहरु विच सहमति भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?