चिसोले जाजरकोटमा थप दुई भूकम्पपीडितको मृत्यु

दार्चुला । जाजरकोटमा चिसोका कारण थप दुई जना भूकम्पपीडितको मृत्यु भएको छ । भूकम्पले घर क्षतिग्रस्त भएपछि त्रिपालमुनी बस्दैआएको छेडागाड नगरपालिका –१३ की ५६ बर्षीया मनसरी कामी जुनीचाँदे गाँउपालिका –४ लुहादहकी ८९ बर्षीया सुगिली नेपालीको मृत्यु भएको हो ।

त्रिपालमुनीको बसाइ चिसो, शित र जाडो छल्ने कपडा नहुँदा दीर्घ रोगीको मृत्यु भएको हो । छेडागाड नगरपालिका –१३ की मनसरी कामी दमको दीर्घरोगी हुनुहुन्थ्यो । त्रिपालमुनीको बसाइ चिसोले दम बढेपछि उहाँको मृत्यु भएको स्थानीय हेमन्त केसीले बताउनुभयो ।

एक साताअघि भेरी, नलगाड, बारेकोट गाउँपालिकामा पाँच जना दीर्घरोगीको मृत्यु भएको छ । एक हप्ताभित्र चिसोले सात जना भूकम्पपीडित दीर्घरोगी ज्येष्ठ नागरिकको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?