दार्चुला । सर्वोच्च अदालतले टिकटकमाथि बन्देज लगाउने नेपाल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउने आदेश जारी गर्न अस्वीकार गरेको छ।
न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै लिखित जवाफ मगाउने र कारण देखाउ आदेश मात्र जारी गरेको छ।
बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइँटेलसहितले रिट दायर गरेका थिए।
गत २७ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट भिडिओ प्लाटफर्म सामाजिक सञ्जाल टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको थियो ।
नेपालमा टिकटकमाथि लगाइएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दर्जन बढी रिट परेको थियो । सबै रिट खारेज गर्दै अदालतले यस्तो आदेश जारी गरेको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया