दार्चुला । दार्चुलामा जिप दुर्घटना भएको छ। जिल्लाको खलंगा–दल्लेख सडकखण्डमा सदरमुकाम खलंगाबाट काँटैतर्फ गइरहेको ना १ ज ३१०४ नम्बरको जिप महाकाली नगरपालिका वडा नम्बर ३ काटै खोलामा जीप दुर्घटना भएको हो । जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
घाइते हुनेमा महाकाली नगरपालिका २ बुडीचौरका ६८ वर्षीया मानमती बडू, महाकाली नगरपालिका ३ का ७२ वर्षीया बीरादेवी भट्ट, ७० वर्षीया उजलीदेवी फराल, झुस्कुका ४८ वर्षीय देवदत्त भट्ट, महाकाली नगरपालिका ४ की ३५ वर्षीया यशोदा अवस्थी र महाकाली नगरपालिका ५ मोती बस्ने रमिता भट्ट रहेका छन्।
घाइते सबैको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताउनुभयो।
जिप सडकमै पल्टिएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया