दार्चुला । गुल्मीमा सुन्तला खाँदा घाँटीमा अड्किएर तीन वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेको छाप राङ्लाका तीन वर्षीय आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी नायव उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो ।
आज दिउँसो साढे १ बजे आमाछोरा घरको छतमा बसेर सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा दुई केस्रा सुन्तला अड्किएर श्वास फेर्न गाह्रो भएपछि उनलाई उपचारका लागि गुल्मी अस्पताल लगेको र उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया