जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा, बालीनालीमा क्षति पुर्‍याए अनुमति विनै मार्न पाइने

दार्चुला । सरकारले जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याउने अवस्थामा बँदेललाईबिना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय गरेको हो ।

राजपत्रको सूचनाअनुसार निजी खेतबारीमा आई बालीनालीमा क्षति पुर्‍याउनले जङ्गली बँदेललाई अनुमति विना नै पक्रन र मार्न पाइने छ । ‘ राजपत्रमा प्रकाशित भएको एक वर्षसम्म विना अनुमति जङ्गली बँदेल पक्रन र मार्न सकिने छ,’ राजपत्रमा भनिएको छ,‘ यसका केही सर्त छन्, निजी खेतबारी, खलोमा आएको सानो जातको बँदेलबाहेकका बँदेललाई मात्र पक्रन र मार्न पाइन्छ ।’

मरेको बँदेललाई सम्बन्धित वडाको एकजना प्रतिनिधिसहित कम्तीमा ५ जना स्थानीय व्यक्तिको रोहबरमा मुचुल्का खडा गरी गाड्न वा तौलको आकारमा मुल्य तोकी उक्त रकम सम्बन्धित स्थानीय तहमा राजश्वका रुपमा दाखिला गर्नेपर्ने व्यवस्था गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?