शिखर धुरामा ९ गते पुजन जात्रा र १० गते मालिकार्जुन मन्दिरमा जात्रा लाग्दै, तयारी पुरा

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा अवस्थित राष्ट्रिय धाम श्री शैल्य मालिकार्जुन (मल्लिकार्जुन) मा मंसिर ९ गते शिखर धुरामा पुजन जात्रा र १० गते मालिकार्जुन मन्दिरमा जात्रा लाग्ने भएको छ ।

मंसिर ९ गते त्रियोदशी तिथिमा शिखर धुरामा लाग्ने दिवाकालिन पुजन जात्रा र १० गते चतुर्दशी तिथिमा मालिकार्जुन मन्दिरमा लाग्ने जात्राको आवश्यक तयारी गरिएको मालिकार्जुन गाउँपालिकाले जनाएको छ । जात्रा व्यवस्थापनका लागि शान्ति सुरक्षा, बिद्युत, खानेपानी, हेल्थ डेस्क स्थापना लगायतका व्यवस्थापकीय कार्यहरु गरिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो ।

दार्चुलाको मुख्य पर्यटकीय गन्तब्यको रुपमा रहेको मालिकार्जुन धामको प्रचारप्रसार, संरक्षण/सम्बर्द्धन गरि यस क्षेत्रको गरिमा बढाउनमा भूमिका निर्वाह गर्न सबै श्रद्धालु भक्तजन र सरोकारवालाहरुलाई मालिकार्जुन गाउँपालिकाले अनुरोध गरेको छ । मन्दिरमा बिद्युत जडान, खानेपानीको व्यवस्थापन र हेल्थ डेस्क स्थापना लगायत काम शुक्रबार गरिएको बताइएको छ ।

यसैबिच मालिकार्जुन विकास समिति, मालिकार्जुन–३, द्वारा प्रकाशित राष्ट्रिय धाम श्री शैल्य मल्लिकार्जुन मन्दिरको तस्वीर लोकार्पण कार्यक्रम समेत शुक्रबार सम्पन्न भएको छ । जात्रालाई व्यवस्थित र मर्यादित बनाउन सुरक्षा व्यवस्थामा ध्यान दिन सुरक्षाकर्मीहरुमा अनुरोध गरिएको छ ।

सायद ८ जना मानिसहरू  र पाठ को फोटो हुनसक्छ

सायद ५ जना मानिसहरू  र मन्दिर को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?