मालिकार्जुन जात्राको लागि शैल्यशिखरमा दुई दिन विदा

दार्चुला । दार्चुलामा रहेको राष्ट्रिय धाम श्री शैल्य मालिकार्जुन जात्राको लागि शैल्यशिखर नगरपालिकाले दुई दिन स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको छ । राष्ट्रिय धाम श्री शैल्य मालिकार्जुन (मल्लिकार्जुन) मा मंसिर ९ गते शिखर धुरामा पुजन जात्रा र १० गते मालिकार्जुन मन्दिरमा जात्रा लाग्ने भएको छ ।

मालिकार्जुन मन्दिरमा चतुर्दशीका दिन लाग्ने ऐतिहासिक रात्रिकालिन जात्राको लागि मंसिर १० र ११ गते शैल्यशिखर नगरपालिकाभरी स्थानीय विदा दिने निर्णय गरिएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामीले जानकारी दिनुभयो । मंसिर ८ गते बसेको कार्यपालिका बैठकले राष्ट्रिय धाम मालिकार्जुनमा लाग्ने जात्राको लागि विदा दिने निर्णय गरेको उहाँले बताउनुभयो ।

यस्तै मंसिर ९ गते त्रियोदशी तिथिमा शिखर धुरामा लाग्ने दिवाकालिन पुजन जात्रा र १० गते चतुर्दशी तिथिमा मालिकार्जुन मन्दिरमा लाग्ने जात्राको आवश्यक तयारी गरिएको मालिकार्जुन गाउँपालिकाले जनाएको छ । जात्रा व्यवस्थापनका लागि शान्ति सुरक्षा, बिद्युत, खानेपानी, हेल्थ डेस्क स्थापना लगायतका व्यवस्थापकीय कार्यहरु गरिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो ।

दार्चुलाको मुख्य पर्यटकीय गन्तब्यको रुपमा रहेको मालिकार्जुन धामको प्रचारप्रसार, संरक्षण/सम्बर्द्धन गरि यस क्षेत्रको गरिमा बढाउनमा भूमिका निर्वाह गर्न सबै श्रद्धालु भक्तजन र सरोकारवालाहरुलाई मालिकार्जुन गाउँपालिकाले अनुरोध गरेको छ । मन्दिरमा बिद्युत जडान, खानेपानीको व्यवस्थापन र हेल्थ डेस्क स्थापना लगायत काम शुक्रबार गरिएको बताइएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?