इजरायलमा मारिएका धामीकी धर्मपत्नी मञ्जु खत्री मालिकार्जुनको कार्यालय सहयोगीमा सिफारिस

दार्चुला । इजरायलमा हमास समुहको आक्रमणमा मारिएका मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ का लोकेन्द्रसिंह धामीकी धर्मपत्नी मञ्जु खत्री मालिकार्जुन गाउँपालिकाको कार्यालय सहयोगी पदमा सिफारिस हुनुभएको छ ।

पढ्दै कमाउदै कार्यक्रम अन्तरगत इजरायल गएको एक महिना नबित्दै बिद्रोही प्यालेष्टाइनी हमास समुहको आक्रमणमा परि मालिकार्जुनका लोकेन्द्र धामीसहित १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । इजरायलमा ज्यान गुमाएका धामीकी धर्मपत्नी मन्जु खत्री मालिकार्जुन गाउँपालिकाद्वारा खोलिएको कार्यालय सहयोगी पदको बिज्ञापनमा उत्तीर्ण भै नियुक्तिको लागि सिफारिस हुनुभएको हो ।

मालिकार्जुन गाउँपालिकाले पीडित धामी परिवारलाई राहत उपलब्ध गराउने प्रतिवद्धता गरेको थियो । गाउँपालिकाले मंसिर १ गते प्रकाशन गरेको कार्यालय सहयोगी पदको विज्ञापन अन्तरगत मंसिर ८ गते शुक्रबार (आज) अन्तरवार्ता भएको थियो । अन्तरवार्तामा सफल उम्मेदवार मञ्जु खत्रीलाई कार्यालय सहयोगी पदमा सिफारिस गरिएको गाउँपालिकाले जनाएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?