बर्दियामा एक घरमा आगलागी हुँदा चारजनाको मृत्यु,एक घाइते

दार्चुला । बर्दियामा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर ४ तुलापुरस्थित भरत चन्दको घरमा आगलागी हुँदा चारजनाको मृत्यु भएको वडाध्यक्ष सुरेश गौतमले जानकारी दिनुभयो।

आगलागीमा परी मृत्यु हुनेमा भरतका दुई छोरा आठ वर्षीय कृष र दुई वर्षीय कार्तिकको मृत्यु भएको हो। यस्तै उनकी दिदी ३५ वर्षीय राधा बुढा र भाञ्जी मानुषीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी तुलसीराम अर्यालले बताउनुभयो।

भरतकी २८ वर्षीया श्रीमती करिश्मा घाइते भएकी छिन्। उनको गुलरिया अस्पतालमा उपचार भइरहेको छ ।

वडाध्यक्ष गौतमका अनुसार राति १० बजेतिर आगलागी भएको हो। चिसोका कारण बालेर कोठामा छाडिएको मकलबाट बिछ्यौना हुँदै आगो सल्किएको जानकारी पाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?