आजदेखि लैँगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

दार्चुला । हरेक वर्ष विश्वव्यापी रूपमा मनाइँदै आएको लैँगिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ ।

महिला बालबालिकामाथि हुने हिंसा विरुद्धको १६ दिने अभियान यस वर्ष महिला तथा बालबालिकामाथिको हिंसा नियन्त्रण गर्न एक भएर लगानी गरौँ भन्ने मूल नाराका साथ विश्वव्यापी रूपमा मनाइन लागिएको हो ।

सन् १९९१ बाट यो दिवस मनाइन थालिएको हो । नेपालमा भने यस वर्षको नारा लैँगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानी ऐक्यबद्धता रहेको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैँगिक हिंसा विरुद्धको अभियान मनाइने गरिन्छ ।

हरेक वर्ष लैँगिक हिंसाको विरुद्धमा कार्यक्रमहरू हुने भए पनि नेपालमाथि महिला तथा बालबालिका माथि हुने हिंसा भने घटेको देखिँदैन ।

प्रहरीका अनुसार समग्र लैङ्गिक हिंसामा घरेलु हिंसाका घटना ८० प्रतिशत रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?