दुर्गा प्रसाईँ नजरबन्दबाट निस्किएर प्रहरीको स्कर्टिङमा आन्दोलनमा सहभागी हुन जाँदै

दार्चुला । गणतन्त्र विरोधी अभियान्ता दुर्गा प्रसाईँ आन्दोलनमा सहभागी हुन निवासबाट निस्किएका छन् ।

शुक्रवार बिहानैदेखि नजरबन्द रहेका प्रसाईँ सिफलमा हुने आन्दोलनमा सहभागी हुन आज निवासबाट निस्केका हुन् । शुक्रवार तीनकुनेमा आन्दोलन गर्ने प्रसाईँ समूहको तयारी थियो । तर उनलाई घरमा नै नजरबन्द गरिएको थियो ।

उनलाई नजरबन्दमा राखेपछि सरकारको चर्को आलोचना भएको थियो । स्थानीय प्रशासन, सुरक्षा निकाय र प्रसाईं समूहबीच हिजो साँझ शान्तिपूर्ण प्रदर्शन गर्ने, सरकारले अनुमति दिएको ठाउँमा मात्रै आन्दोलन गर्ने सहमति भएको थियो । सो सहमतिपछि प्रसाईंलाई नजरबन्दबाट मुक्त गरिएको हो ।

यस्तै कार्यक्रम स्थल आसपासको क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने अनुसन्धानका लागि प्रयोग हुने कुकुर पनि परिचालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?