दार्चुला । दार्चुलामा करेन्ट लागेर एक महिला घाइते भएकी छिन्। मार्मा गाउँपालिका वडा नम्बर ४ बसन्त टोलकी ३६ वर्षीया गोपा धामी घाँस काट्ने क्रममा करेन्ट लागेर घाइते भएकी हुन्।
डाले घाँस काट्ने क्रममा विद्युतको सर्विस लाइनमा छुन गई धामीलाई करेन्ट लागेको थियो। घाइते उनलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया