उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३७ जना घाइते

दार्चुला । उदयपुरमा​ पिकनिकबाट फर्किएको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन्।

मृत्यु हुनेमा बस चालक त्रियुगा नगरपालिका ५ का  ४० वर्षीय भिखन चौधरी, त्रियुगा ६ का ७ वर्षीया सम्या चौधरी र ११ वर्षीय विकाश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्द चौधरीले जानकारी दिनुभयो।

आज दिउँसो अन्दाजी १ बजेको समयमा अन्नपूर्ण सेकेन्डरी बोर्डिङ स्कुलको प्र-०५-००१ ख ००४४ नम्बरको बस उदयपुरगढी गाउँपालिका ७ अधेरी झर्ना नजिकै दुर्घटनामा परेको थियो।

बसमा सवार ४० जना रहेका थिए । दुर्घटनामा परी गम्भीर घाइते १२ जनालाई विराटनगर पठाइएको र अन्य २५ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको डिएसपी चौधरीले बताउनुभयो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?