दार्चुला । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफ.सी र बिरगंज युनाइटेड खेल्दै छन् । दुवै टोली प्रतियोगितामा विजयी सुरुवात गर्ने तयारीमा रहेका छन् ।
धनगढी एन.एस.एल फुटबलको साविक उपविजेता टोली हो भने बिरगंजले पहिलो पटक एन.एस.एल खेल्न लागेको हो ।
खेल त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।
नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करणमा विभिन्न नौ वटा फ्रेन्चाइज टोलीहरुले भाग लिएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया