दार्चुलाको मालिकार्जुनमा दुई वटा बस आपसमा ठोक्किए

दार्चुला । महाकाली राजमार्ग अन्तर्गत दार्चुलाको मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ८ थप्तोलीमा दुई वटा बस एकआपसमा ठोकिएका छन्।

दार्चुला सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको सु.प.प्र. ०२००१ ख ११४७ नम्बरको बस र मालिकार्जुनबाट दार्चुला सदरमुकामका लागि छुटेको सु.प.प्र.०१००१ ख २३९३ नम्बरको नगर बस एकआपसमा ठोक्किएका हुन् ।

सोमबार दिउँसो दुई बस एकआपसमा ठोक्किँदा बसहरुमा क्षति पुगेको भएपनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यात्रुहरूका अनुसार सडक साघुरो रहेको र गाडी तिब्र गतिमा रहेकाले दुबै बस ठोक्किएका हुन् । गाडी सडक भन्दा बाहिर गएको र दुर्घटनाबाट जोगिएको बताइएको छ । यात्रु सबै सकुशल रहेको प्रतक्षदर्शीहरूले बताएका छन् ।

महाकाली नगरपालिकाको नगर बस मालिकार्जुन जात्राका लागि खटिएका सुरक्षाकर्मी बोकेर सदरमुकामतर्फ गइरहेको बताइएको छ ।

सो ठाउँमा अहिले राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?