एमाले अध्यक्ष ओली आज धनगढी आउँदै

दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम आउने भएका छन् ।

१४ गतेबाट एमालेले सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राकोको उद्घाटनको लागि ओली कैलाली जान लागेको एमाले नेता एवं कञ्चनपुरका सांसद तारा लामाले जानकारी दिनुभयो। उहाँका अनुसार आज अपरान्ह ४ बजे ओली धनगढी आइपुग्ने छन्।

अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू कैलाली आउन लागेका हुन्।

भोलि बिहान धनगढीबाट बैतडी प्रस्थान गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिनुभयो।

एमालेले १४ गते बिहान बैतडीको झुलाघाट बाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्ने छ। झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरिरहेका छन्।

यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ। एमालेले प्रत्येक जिल्लामा एउटा ठूलो सभाको आयोजना गर्ने र त्यसबाट जनतालाई मध्य पहाडी राजमार्गको महत्त्व र सान्दर्भिकता दर्साउने जनाएको छ। ​

मध्यपहाडी लोकमार्गको लम्बाइ एक हजार ८७९ किलोमिटर छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?