प्रधानमन्त्री दाहाल आज यूएई जाने

दार्चुला । प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप २८) मा सहभागी हुन यूएई जान लागेका हुन् ।

प्रधानमन्त्री पुत्री गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु भ्रमण टोलीमा रहने छन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेका हुन्। सम्मेलन नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म यूएईको दुबईमा हुँदैछ।

प्रधानमन्त्री डिसेम्बर १–२ मा हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनेछन्। डिसेम्बर २ मा उहाँले सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले सम्मेलनमा सहभागी विभिन्न मुलुकका सरकार प्रमुख, राष्ट्र प्रमुख तथा उच्चस्तरीय नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । प्रधानमन्त्री दाहाल पाँच दिवसीय यूएई भ्रमण सकेर मंसिर १७ गते स्वदेश फर्किने कार्यक्रम छ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?