प्रेस चौतारी नेपाल दार्चुलाको नवौं साधारण सभा सम्पन्न

दार्चुला । प्रेस चौतारी नेपाल जिल्ला शाखा दार्चुलाको नवौं साधारण सभा सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल जिल्ला समिति दार्चुलाका अध्यक्ष लोकेन्द्र प्रसाद जोशीको अध्यक्षता तथा प्रेस चौतारी नेपाल केन्द्रीय समिति अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा साधारणसभा आयोजना भएको थियो ।

दार्चुला जिल्ला सदरमुकाम खलंगामा सम्पन्न साधारण सभामा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव एबं सुदूरपश्चिम इन्चार्ज लोग्शरी कुवँर, केन्द्रीय सचिव हरिबल्लब नेपाल, केन्द्रीय सदस्य एबं सुदूरपश्चिम सहइन्चार्जहरु श्याम भट्ट, राजेन्द्र धामी, बसन्त बिकसहित केन्द्रीय सदस्यहरु, दार्चुला इन्चार्ज एबं केन्द्रीय सदस्य सुरेश पन्त, सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष कृष्ण ओली लगायत प्रदेश समितिका पदाधिकारी, एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक बडाल, पत्रकार महासंघ दार्चुलाका अध्यक्ष कृष्णसिंह धामी, अकोराब केन्द्रीय सदस्य केशवदत्त भट्ट लगायतको आतिथ्यता रहेको थियो ।

प्रगतिशिल श्रमजीवी पत्रकारहरुको पेसागत हक, हित र सुरक्षाका लागि स्थापना भएको प्रेस चौतारी नेपालको दार्चुला जिल्लाको साधारणसभाबाट प्रेस चौतारी नेपाल दार्चुला जिल्ला समिति अध्यक्ष लोकेन्द्र प्रसाद जोशीले सभा समक्ष प्रस्तुत गरेको प्रेस चौतारी जिल्ला शाखाको बार्षिक प्रगति प्रतिवेदन पारित गरिएको छ । प्रेस चौतारीको दार्चुला शाखालाई थप क्रियाशिल र सुदृढ बनाउन संगठन भित्र रहेका सबै सदस्यहरुसंग निरन्तर संवाद गर्ने, सबै स्थानीय तहमा चौतारीको समिति गठन गर्ने र पत्रकारको हक, हित र पेशागत सुरक्षाका लागि निरन्तर काम गर्ने लगायत निर्णय गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?