दार्चुला । जाजरकोटमा चिसोले एक बालिकाको मृत्यु भएको छ।
जिल्लाको कुशे गाउँपालिका–१ स्याग्रीका सुनील बादीकी ३ वर्षीया छोरी रक्षाको चिसोले कठ्यांग्रिएर बुधबार मृत्यु भएको हो।
निमोनियापछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिनुभयो।
गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको थियो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया