दार्चुलामा घिउ तताउने बेला घरमा आगलागी हुँदा लाखौंको क्षति

दार्चुला । दार्चुलामा एक घरमा आगलागी भएको छ । जिल्लाको ब्याँस गाउँपालिका ३ सिना सल्याडीमा आज बिहिवार बिहान ९ः ३० बजे उपेन्द्र कुवर र धनसिह कुवरको घरमा घिउ तताउने बेला आगलागी भएको हो ।

घरमा आगलागी हुँदा लाखौंको क्षति भएको बताइएको छ । मानवीय र पशुजन्य क्षती नभए पनि घर भने पुर्ण रूपमा जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घरभित्रको लत्ताकपडा, गरगहना, अन्नपात सबै जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?