दार्चुला । आकर्षक रोजगारीको प्रलोभनमा पारी भारतमा युवती बेच्ने एक महिला पक्राउ परेकी छन्।
सुर्खेत,दैलेख लगायतका पहाडी जिल्लाहरूबाट महिलालाई भारतमा लगी बेच्ने बाँके बैजनाथकी ३९ वर्षीया मुनाकुमारी मल्ल पक्राउ परेकी हुन्। उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले हिजो नेपालगञ्जबाट पक्राउ गरी पाँच दिनको म्याद थप गरेको छ।
अनुसन्धानका क्रममा महिलाले नयाँदिल्लीमा सञ्चालित यौन गतिविधि हुने केन्द्रमा एक नाबालिकासहित २ युवतीलाई बेचेको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिनुभयो। उहाका अनुसार पीडित दुवैजनालाई किन इण्डिया, शक्ति समूह र भारतीय प्रहरीसमेतको सहयोगमा गत साउन २९ गते नै उद्धार गरिएको छ।
पीडितहरूलाई दिल्लीबाट अर्को ठाउँमा समेत यौन गतिविधिमा पठाउने गरेको र पीडित भागेर हिँड्दासमेत पुनःपिछा गरी समातेर सोही गतिविधिमा लगाउने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया