३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस लेकममा पनि मनाइयो

दार्चुला । आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस सरोकारवालाहरुबिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरि दार्चुलाको लेकम गाउँपालिकामा पनि मनाइएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता: अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।

लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष माधवी जोशी, जिल्ला अपांग संघ दार्चुलाका पूर्वअध्यक्ष गणेश गिरी, लेकम गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको सहभागितामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि अपाङ्गता दिवस मनाइएको लेकम गाउँपालिकाका सूचना अधिकारी शेखरचन्द्र ओझाले जानकारी दिनुभयो । हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरुको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्रमा र विकासमा उनीहरुको समावेशिताका लागि दिवस मनाउने गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि विश्वभर यो दिवस मनाउन थालिएको हो । तर, दिवस मनाइरहे पनि आफूहरुले जीवनयापन उस्तै कठिन भएको अपाङ्गता भएकाहरुले गुनासो गरेका छन् । यस्तै, अपाङ्गतामैत्री व्यवहार र भौतिक संरचना नबन्दा थप कठिनाइ भइरहेको उनीहरुको भनाइ छ ।

दिवसका अवसरमा सरकारले आज अपाङ्गता भएकाहरुलाई सार्वजनिक बिदा दिएको छ । अपाङ्गता भएका व्यक्तिहरुको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेकोमा सरोकारवालाहरुको जोड छ ।

नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनलगायतको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपाङ्गता भएका व्यक्तिको जीवनस्तर र जीवनयापनमा सुधार हुनसक्ने अधिकारकर्मीहरु बताउछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?