मालिकार्जुनमा घुम्ती शिविरः लिएर सबै सेवाका प्रकार, घरदैलोमा स्थानीय सरकार (फोटोफिचर)

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले आइतबारदेखि एकीकृत घुम्ती शिविर सुरु गरेको छ । पालिकाभरीका नागरिकलाई घरदैलोमै सेवा दिने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरिएको मालिकार्जुन गाउँपलिका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिनुभयो ।

लिएर सबै सेवाका प्रकार, घरदैलोमा स्थानीय सरकार भन्ने मुल नाराका साथ विभिन्न सेवाका साथ मालिकार्जुनमा एकिकृत घुम्ती शिविर सुरु गरिएको हो । भौगोलिक विकटताका कारण पालिका केन्द्रमा आएर सेवा लिन नसक्ने नागरिकलाई घुम्ती शिविरमार्फत सेवा दिन लागिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले जानकारी दिनुभयो । आइतबार (आज) वडा नम्बर १ भर्तोलाबाट सेवाको थालनी गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले शिविरमार्फत शिक्षा, स्वास्थ्य, कृषि, परामर्श, सामाजिक सुरक्षा लगायत विभिन्न क्षेत्रसंग सम्बन्धित सेवा दिइरहेको छ । वडा नम्बर १ मा आइतबार ६ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण, २९ जनालाई आँखा उपचार, ५० जनालाई पशुसेवा, ५० जनालाई औँषधी वितरण, ३६ जनालाई आयुर्वेद सेवा, २ वटा विद्यालय अनुगमन र ३२ वटा उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण प्रशिक्षण गरि कुल २५५ जनालाई घुम्ती शिविर मार्फत सेवा दिइएको मालिकार्जुन गाउँपालिकाका एमआइएस अपरेटर लोकेन्द्रसिंह धामीले बताउनुभयो ।

एमबीबीएस डाक्टरद्धारा दीर्घरोगी, बृद्धबृद्धाको स्वास्थ्य परिक्षण, औषधि वितरण, पशुजन्य रोग र उत्पादनसम्बन्धी परामर्श तथा उपचार सेवा, सामाजिक सुरक्षा भत्ता वितरण, विद्यालय अनुगमन, आयुर्वेद, लघु उद्यम लगायत विभिन्न शाखामार्फत सेवा दिने काम भइरहेको बताइएको छ ।

शिविर तालिका र तस्बिर हेर्नुहोस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?