अहिले नै मन्त्रिमण्डल पुनर्गठनको सम्भावना छैनः प्रधानमन्त्री

दार्चुला । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको बताउनुभएको छ । यूएईको दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी भएर आज आइतवार स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठनबारे गठबन्धनभित्र छलफल नै नभएको बताउनुभयो । मन्त्रिमण्डल पुनर्गठन बाहिर हल्ला फिजाउनका लागि मात्रै भएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘सरकार गठन भएको बेलादेखि नै मन्त्रिमण्डल पुनर्गठन हुन्छ भन्ने कुरा धेरै भयो । को मन्त्री हट्छ, को आउँछ भन्ने कुरा धेरै भयो । तर अहिले गठबन्धनभित्र कुनै त्यस्तो छलफल पनि छैन, कुरा पनि छैन, सोचिएको पनि छैन । म आफैँ प्रधानमन्त्री छु, मेरो दिमागमै छैन । त्यस कारण यो कुरा हल्लामात्रै हो, सत्यता छैन ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो दुबई भ्रमणका क्रममा ३१ जना छुटेकोप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले उडान दुई घण्टाअघि सार्दा यात्रु छुट्छन् भन्ने जानकारी भएको भए तोकिएको समयमै आफू जाने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘यदि मलाई दुई घण्टाअघि उडान सारिँदैछ र त्यसो गर्दा ३१ जना यात्रु छुट्दैछन् भन्ने थाहा भएको भए म दुई घण्टा छिटो जाँदिन थिएँ, जुन समय हो त्यही समयमा जान्थेँ । उहाँ पुगेपछि मेरो कारणले दुई घण्टा छिटो ल्याउन खोज्दा यात्रु छुटेको भन्ने थाहा पाएँ ।’

प्रधानमन्त्रीले समग्रमा कोप–२८ मा नेपालको तर्फबाट महत्त्वपूर्ण प्रस्ताव र कुरा राखेको बताउनुभयो ।

यसैबिच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प पीडितका लागि अस्थायी आवास छिटो निर्माण गरिसक्न निर्देशन दिनुभएको छ । भूकम्प प्रभावित क्षेत्रका लागि राहतसहित रुकुम पश्चिम पुग्नुभएकी शर्माले भूकम्प पीडितलाई चिसोले थप जोखिम बढाएकाले छिटो अस्थायी आवास निर्माण गरी पीडितलाई छानामुनि बसाल्न जिल्लामा रहेका विपद् व्यवस्थापन समितिलाई निर्देशन दिनुभएको हो ।

जिल्लामा रहेका विपद् व्यवस्थापनको समूहले त्यहीअनुसार जनशक्तिलाई प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो परिचालन गर्न उहाँले आग्रह गर्नुभयो । मन्त्रिपरिषद्ले यसअघि नै प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मीको समूह परिचालन गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?