दार्चुला । प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी)दिल्लीराज विष्ट पुरस्कृत भएका छन् । हालै एक कार्यक्रमका बिच एसएसपी विष्टलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले पुरस्कृत गरेको हो ।
कर्णाली प्रदेशमा रहेका १० जिल्लामा पछिल्ला बर्षहरुका घटेका अपराध जन्य घटनाको सफल अनुसन्धानमा उच्च भूमिका निवाह गरेको भन्दै नेपाल प्रहरी प्रदेश कार्यालय(नेपालगन्ज)का इन्चार्ज समेत रहेका एसएसपी विष्टलाई सम्मानका साथै पुरस्कृत गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक(डिआईजी) भीम ढकालले बताउनुभयो ।
एसएसपी विष्टलाई प्रमाण पत्र सहित पुरस्कार हस्तान्तरण गरिएको हो ।
संगठनले कामको मुल्याङ्गकन गरेको भन्दै एसएसपी विष्टले आगामी दिनमा थप कार्य सम्पादनमा हौसला प्रदान मिलेको बताउनुभयो । एसएसपी विष्टको केही समय अघि सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा सरुवा भएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया