दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाले नगरक्षेत्र भित्र सञ्चालनमा रहेका अघिकासं अटोरिक्शा दर्ता नविकरण नगरिकनै सञ्चालनमा रहेको गुनासो बढेपछि अटो नविकरण गरेर मात्रै सञ्चालन गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
सोमबार (आज) एक सार्वनजिक सूचना जारी गर्दै नगरपालिकाभित्र सञ्चालित अटोरिक्शाहरु अनुमति बिना तथा नबिकरण समेत नगरी चलाईराखेको ट्राफिक कार्यालय र आम सरोकारवालाबाट गुनासो आएको भन्दै सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र पालिकाको राजस्व शाखामा नबिकरण गराई सञ्चालन गर्न सूचित गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले जानकारी दिनुभयो ।
अटो रिक्सा निर्धारीत समयभित्र नबिकरण नगरेको पाईएमा कार्वाही गरीने समेत सूचनामा उल्लेख छ । पछिल्लो समय गोकुलेश्वर क्षेत्रमा ट्राफिक चेकजाँचमा कडाइ गरिएको छ । दुर्घटनाको जोखिम न्यूनिकरण गर्न सवारी साधन चेकजाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया