दार्चुला । दार्चुलामा जेठाजुको कुटाइबाट एक महिला घाइते हुनुभएको छ । नौगाड गाउँपालिका वडा नम्बर १ कसाड बस्ने ३० वर्षीया बसन्ती ठगुन्नालाई जेठाजु नाता पर्ने जयराम ठगुन्नाले कुटपिट गरेपछि गम्भीर घाइते हुनुभएको हो ।
घाइते महिलालाई थप उपचारको लागि धनगढी रेफर गरिएको छ । मंसिर १५ गते राती बसन्ती ठगुन्नालाई जेठाजु नाता पर्ने जयराम ठगुन्नाले टाउँकोमा हानेपछि उपचारका लागि १६ गते जिल्ला अस्पताल दार्चुला ल्याइएको थियो, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एबं डिएसपी शिवबहादुर सिंहले भन्नुभयो, दार्चुला अस्पतालमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको हो।
घाइते भएकी महिलाको घरको आर्थिक अवस्था समेत कमजोर भएका कारण अस्पतालले निस्शुल्क अस्पतालको एम्बुलेन्स सहित ८ हजार रुपैयाँ नगद दिएर धनगढी पठाइएको बताइएको छ । कुटपिटमा संलग्न जयराम ठगुन्नालाई पक्राउ गर्न दल्लेख प्रहरी चौकीबाट प्रहरी टोली खटाएको छ ।
पूर्व नेपाली सेनामा कार्यरत रहेका ठगुन्ना फरार रहेको र खोजी भइरहेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया