टिकटकविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै, खोल्ने सक्ने प्रधानमन्त्रीको संकेत

दार्चुला । टिकटक बन्दविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदैछ।

१४ वटा मुद्दाको आज एकै पटक आज मंगलबार पूर्ण सुनुवाई हुन लागेको हो। यसअघि गत मंसिर पाँच गते न्यायाधीश विनोद शर्माको एकल इजालासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो।

कार्तिक २७ मा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव बिथोलिन थालेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द भएको टिकटक बिस्तारै खोल्न सकिने संकेत गरेका छन्। हिजो विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी कानुन बनाएर टिकटक खोल्नेबारेमा सरकार सकारात्मक भएको बताएका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?