कबाडी गोदाममा आगलागी हुँदा २ जनाको मृत्यु, ४ जना घाइते

दार्चुला । मोरङको विराटनगर सात घुम्तीमा गोदाममा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ।

बुधवार दिउँसो विराटनगरस्थित सातघुम्तीमा रहेको एउटा कवाडी गोदाममा आगलागी हुँदा विराटनगर-७ का ३० वर्षीय दिपक मण्डलको घटनास्थलमै र अर्का एकजनाको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभयो।

शरीरको पूरै भाग जलेकाले मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। आगलागीमा परेका अन्य ४ जना सिकिस्त छन्।

आगलागीमा घाइते अन्य ४ जना सुशिला पासमान, रिता सरदार र पिंकी मण्डलको न्यूरो अस्पतालमा उपचार भइरहेको छ भने किशोर पासमानको कोशी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुइर्को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

करिब २ घण्टा पछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयका साथै विराटनगर महानगरपालिकाको दुई वटा, दुहबी र सुन्दर हरैचाको एक एक गरी ४ वटा दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

दिउँसो करिब डेढ बजे परफ्युमको बट्टा फुटाल्ने क्रममा गोदाममा आगलागी भएको कवाडीमा काम गरिरहेका कामदारहरूले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?