भ्याट फिर्ताको माग गर्दै व्यापारीले गरे आलु र प्याजको कारोबार बन्द

दार्चुला । भ्याट फिर्ता लिनुपर्ने माग गर्दै व्यवसायीले आलु र प्याजको आपूर्ति तथा कारोबार बन्द गरेका छन्। आलु र सुकेको प्याजमा लगाएको भ्याट (मूल्य अभिवृद्धि कर) को विरोध गर्दै व्यवसायीले आलु र प्याजको आपूर्ति र कारोबार बन्द गरेका हुन् ।

किसान र व्यवसायीले सरकारले स्वदेशी कृषि उपजमा समेत भ्याट लगाएको भन्दै काठमाण्डौ उपत्यकासहित देशभरका ठूला तरकारी बजारमा आलु र प्याजको आपूर्ति ठप्प पारेर बिक्री वितरणमा रोक लगाएका हुन्।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यका अनुसार केही दिनअघिदेखि नै आलु र प्याजको कारोबार कम हुँदै गएको थियो । हिजोदेखि भने ठप्प भएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?