एमडीएसको १५ औँ साधारणसभाः कालापानी सिर्जनशिल पत्रकारिता पुरस्कार जोशीलाई प्रदान

दार्चुला । मिडिया विकास समाज नेपाल दार्चुलाको पन्ध्रौं साधारणसभा तथा सामुदायिक रेडियो नयाँ नेपाल एफ.एम. १०४.५ मेगाहर्जको तेह्रौं वार्षिकोत्सव कार्यक्रम शनिबार खलंगामा आयोजना गरिएको छ ।

साधारणसभाको अवसरमा यस वर्षको कालापानी सिर्जशील पत्रकारिता पुरस्कार २०८० पत्रकार हरि प्रसाद जोशीलाई प्रदान गरिएको छ । २०६८ सालबाट मिडिया विकास समाज नेपाल दार्चुलाले सिर्जनशील पत्रकारहरुलाई प्रदान गर्दै आएको कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार यो वर्ष गतिशील न्युज डटकमका संस्थापक एवं संचालक हरि प्रसाद जोशीलाई प्रदान गरिएको हो । मिडिया विकास समाज नेपाल दार्चुलाको कार्य समितिको बैठकले यस बर्षको पुरस्कारको टुंगो लगाएको मिडिया विकास समाज नेपालका अध्यक्ष पदम बडालले जानकारी दिनुभयो । मिडिया विकास समाज नेपालले दार्चुला जिल्लामा क्रियाशिल पत्रकार मध्ये सिर्जनशिल पत्रकारलाई हौसला प्रदान गर्न प्रत्येक बर्ष कालापानी सिर्जनशिल पत्रकारिता पुरस्कर वितरण गर्ने गरेको छ । पुरस्कारको राशी ५ हजार १११ रुपियाँ रहेको संस्थाका अध्यक्ष बडालले बताउनुभयो ।

यो पुरस्कारबाट हाल सम्म २०६८ सालमा पत्रकार लोकेन्द्र बम, ०६९ मा बीरेन्द्र महरा, ०७० सालमा कृष्णसिंह धामी, २०७१ मा भागरथी भट्ट, २०७२ मा मनोज बडू, २०७३ मा किरण धामी, २०७४ मा लोकेन्द्र प्रसाद जोशी, २०७५ मा सन्तोष सिंह कोट्टारी २०७६ मा रामसिंह धामी,२०७७ मा विरादत्त भट्ट २०७८ मा लक्ष्मण सिंह धामी, २०७९ मा सुन्दर सिंह धामी सम्मानित भएका थिए ।

२०६८ सालदेखि हाल सम्म १३ जना पत्रकारलाई यो पुरस्कार प्रदान गरिएको मिडिया विकास समाज नेपाल दार्चुलाका कार्यकारी निर्देशक शंकरसिंह धामीले बताउनुभयो ।

कालापानी न्यूज डटकमबाट

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?