दार्चुला । सोलुखुम्बुमा एक गोठमा आगलागी हुँदा ४ वर्षीय बालकको जलेर मृत्यु भएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ सुर्केका सोमम शेर्पाका छोरा अन्दाजी वर्ष ४ का पासाङ शेर्पाको जलेर मृत्यु भएको हो ।
गत बिहीवार साँझ सोलुदुधकुण्ड नगरपालिका–२ फुङबुचेका दाछिरी शेर्पाको गोठमा आगलागी हुँदा दाछिरीको भान्जा पर्ने पासाङको गोठमा जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक रामचन्द्र शाहले बताउनुभयो ।
बिहीबार सााँझ अन्दाजी ५ बजेको समयमा गोठमा आगो बालेर बालककी आमा मपुङ घरतर्फ गएकी र मामा दाछिरी चौरी लिन जंगल गएको अवस्थामा आगलागी भएको प्रहरीले जनाएको छ ।
बालक आगोले जलेर चिन्न नसक्ने अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया