बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानसहित गोरुको मृत्यु

दार्चुला । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ।

स्थानीय माधवनारायण नगरपालिका९७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डितको मृत्यु भएको हो।

खेत जोतिरहेका बेला एक्कासी करेन्ट प्रवाह भएको ११ हजार भोल्टको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको रौतहटका प्रहरी निरीक्षक झलक शर्माले बताउनुभयो ।

स्थानीयले विद्युत प्राधिकरणको लापरबाहीले उक्त घटना घटेको आरोप लगाएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?