दार्चुला । आज मंसिर कृष्ण त्रयोदशी, बालाचतुर्दशी पर्वको अघिल्लो दिन । यस दिन साँझ दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ । चतुर्दशीका दिन भने बिहान शतबीज छरेर मनाइन्छ ।
पशुपतिनाथ मन्दिरका साथै देशभरका शिव मन्दिरहरुमा बालाचतुर्दशीको अघिल्लो रात अर्थात् आज राति दिवङ्गत पितृका नाममा महादीपदान बालेर गर्ने प्रचलन छ । यसका लागि पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा दीप प्रज्ज्वलन गर्न र तोकिएका मुख्य क्षेत्रहरुमा शतबीज छर्ने व्यवस्था मिलाएको बताएको छ ।
मृतकका परिवारका सदस्यले मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन रातभर महादीप बालेर भजनकीर्तन गर्ने गर्दछन् । दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै मृतकका आफन्तले काठमाडौंमा एक सय आठ शिवलिङ्ग, कैलाश, गौरीघाट, गुह्येश्वरी, पशुपति, आर्यघाट, मृगस्थली, किरातेश्वर, विश्वरूप आदि ठाउँमा शतबीज छर्ने गर्दछन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया