कारले स्कुटरलाई ठक्कर दिँदा २ जना विद्यार्थीको मृत्यु

दार्चुला । पोखराको लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–२५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा–५ जिरो किमीकी २४ वर्षीया भावना बरालको ज्यान गएको कास्की प्रहरीले जनाएको छ । उनीहरू दुवै जना गण्डकी मेडिकल कलेजका विद्यार्थी रहेका छन् ।

आज आइतवार पोखराबाट तालचोकतर्फ जाँदै गरेको बी एए ००४१ नम्बरको कारले तालचोकबाट पोखरातर्फ आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई पोखरा–२६ सुन्दरी बजारको पृथ्वी राजमार्गमा ठक्कर दिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?