पीएम कप सुदूरपश्चिम छनोट : डडेल्धुरालाई पराजित गर्दै बैतडी फाइनलनजिक

दार्चुला । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा तेस्रो जितसहित बैतडी फाइनलनजिक पुगेको छ। ​बुधवार सम्पन्न खेलमा डडेल्धुरालाई ३२ रनले पराजित गर्दै बैतडी फाइनलनजिक पुगेको हो।

बैतडीले दिएको १२० रनको लक्ष्य पछ्याएको डडेल्धुरा १९ ओभरमा ८७ रनमै समेटियो। उसका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बैतडीका निर्मला भण्डारी र आरती बोहराले २/२ विकेट हात पारे।

त्यसअघि कैलालीको तेघरीस्थित सैनिक आवासीय महाविद्यालयको खेलमैदानमा पहिले ब्याटिङ गरेको बैतडीले १९ ओभर ४ बलमा ११९ रन बनाएर अलआउट भयो। ममता बोहराले २१, पिंकी बोहराले १४ रन बनाए।

डडेल्धुराका लागि सपना तामाङले ३, रेजिना कुँवर, निर्मला रावल र सविना नेगीले २/२ विकेट हात पारे।

बैतडीकी ममता बोहरा ओम्यान अफ द म्याच भएकी स्कोरर नरेन्द्रराज भट्टले जानकारी दिनुभयो । बैतडीले ३ खेलमा जित र १ खेलमा हार बेहोरेको छ भने डडेल्धुरा भने बाहिरिएको छ।

प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी समावेश गरेर सुदूरपश्चिमको टोली बनाइनेछ। उक्त टोली आगामी पुसमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछ।

काठमाडौँमा हुने प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा ७ प्रदेश र १ विभागीय क्लब एपीएफको सहभागिता रहनेछ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?