जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुला । प्युठानमा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलङ्गातर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्वरको जिप जिल्लाको ऐरावती गाउँपालिका –२, बरौलामा आज बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा मल्लरानी गाउँपालिका –३ का वडा सदस्य ५२ वर्षीय दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिनुभयो । दुर्घटनामा पाँच जना घाइते भएका छन् । उनिहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?