दार्चुला । बाँकेमा कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ सिद्धनवा बस्ने ३६ वर्षीय इन्स्टिच्युट संचालक कृष्ण बहादुर थारू रहेका छन्।
गएराति आफ्नै घरमा रहेको राप्ती कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया