दाङमा टिपरको ठक्करबाट दुई युवकको मृत्यु

दार्चुला । दाङमा गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार झिम्रुक ४ बाङ्गेका १७ वर्षका विशाल जिसी र नौबहिनी गाउँपालिका–६ लुङका १८ वर्षका सागर केसीको मृत्यु भएको हो।

घोराही– १० नारायणपुरमा रा.१ क. १३०७ नम्बरको टिपरले रा. २ प. ५५८९ मोटरसाइकललाई ठक्कर दिएको हो।

गम्भीर घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?