दार्चुला । जाजरकोटको छेडागाडका एक बालक मृत अवस्थामा फेला परेका छन् । १० दिनदेखि बेपत्ता भएका छेडागाड नगरपालिका १० सिमथलाका नरबहादुर थापाका कान्छा छोरा १२ वर्षीया धनबहादुर थापा शनिबार झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाका अनुसार २१ गते बिहान विद्यालय जान्छु भनेर घरबाट निस्केको र उक्त दिनदेखि घरमा नआएको उपप्रमुख थापाको भनाइ छ । झोला भेटिएको १० दिनपछि घर देखि झण्डै २ सय मिटर टाढा प्रयोग नभएको गोठमा बालक झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
मृतक बालकका बुवा र दाइ भारतमा रहेका छन् । उनी अन्नपूर्ण आधारभूत विद्यालय नल्फूमा कक्षा ६ मा अध्ययनरत रहेका थिए ।
घटना आत्महत्या हो या के हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया