पीएम कप क्रिकेटः सुदूरपश्चिम छनोट पुस ८ देखि हुने

दार्चुला । पीएम कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट यही पुस ८ गते सुरू हुने भएको छ। बैतडीमा प्लेट च्याम्पियनसिप, कैलालीमा इलिट च्याम्पियनसिपका खेल हुने छ ।

प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा, डोटी तथा इलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम सहभागी हुनेछन्।

गत वर्षको प्रदेश छनोटमा सेमिफाइनल पुगेका टोलीले सोझै इलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन्। प्लेट च्याम्पियनसिपको विजेता टोली इलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहराले जानकारी दिनुभयो ।

प्लेट च्याम्पियनसिपको उद्घाटन खेलमा पुस ८ गते दार्चुला र डडेल्धुरा खेल्नेछन्। इलिट च्याम्पियनसिपको उद्घाटन खेलमा पुस १४ गते बैतडी र प्लेट च्याम्पियनसिपको विजेता टोलीबीच खेल हुनेछ। खेलाडीहरूको क्षमता अभिबृद्धिका प्लेट र ईलिट च्याम्पियनसिपको आयोजना गरिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो।

यसअघि सुदूरपश्चिम प्रदेशमा महिला छनौटका लागि पनि यस्तै प्रतियोगिता आयोजना गरिएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?