दार्चुला । बारामा पाँच लाख रुपैयाँ घुससहित एक जना वडाअध्यक्ष पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले सेवाग्राहीसँग घुस लिएको आरोपमा बारा जीतपुर सिमरा उपमहानगरपालिका- ३ का वडाध्यक्ष तारा कार्कीलाई नगद पाँच लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
जीतपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा अख्तियारको टोलीले कार्कीलाई पक्राउ गरेको छ । उनको साथबाट सेवाग्राहीले दिएको पाँच लाख रुपैयाँ घुस रकमसमेत अख्तियार टोलीले बरामद गरेको छ । वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिसका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग पाँच लाख रुपैयाँ घुस मागेको बताइएको छ ।
प्रहरी नियन्त्रणमा रहेको समयमा कार्कीले आफूलाई भू-माफियाले फसाउने षड्यन्त्र गरेको प्रतिक्रिया दिनुभएको छ । कार्की नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया