नेपाल सुपर लिग फुटबलमा आज धनगढी र झापा खेल्दै

दार्चुला । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बुधबार धनगढी एफ.सी झापा एफ.सीसँग सामना गर्दैछ । लिग तालिकामा दोस्रो स्थानमा रहेको धनगढी आजको खेल जित्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ । उता झापा पनि आजको खेल जित्दै प्ले–अफ्को संभावना जिवित राख्न चाहन्छ ।

मंगलबार भएको खेलमा बुटवल लुम्बिनीलाई १–० ले हराउँदै पोखरा थन्डर्स प्रतियोगिताको प्ले अफ्मा पुगेको छ । पोखराको यो जितले धनगढीलाई पनि प्ले अफ्मा पु¥याएको छ ।लिगमा ७ खेलबाट १४ अंक जोडेको पोखरा शीर्ष स्थानमा रहँदा ६ खेलबाट १२ अंक जोडेको धनगढी दोस्रोमा छ ।

तेस्रो स्थानको ललितपुर सिटीको ७ खेलबाट १० अंक भएको छ भने ६ खेलबाट ९ अंक जोडेको काठमाडौं रेजर्स चौथो स्थानमा छ ।सबै खेल सकाएको पाँचौ स्थानको स्पोर्टीङ इलाम लिग चरणबाटै बाहिरिएको छ । बुटवल र झापाको पनि प्ले अफ्मा पुग्ने संभावना बाँकी छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?