दार्चुला । झापामा थ्रेसरमा च्यापिएर एक जनाको मृत्यु भएको छ । आफ्नै धानको कुन्यूमा थ्रेसर लगाउने क्रममा झापा गाउँपालिका वडा नम्बर २ सुगाबथान बस्ने ५७ वर्षीय नुनुवा टुडूको थ्रेसरमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधवार बिहानै थ्रेसरमा परेर टुडुको बीभत्स रूपमा मृत्यु भएको र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया