दार्चुला । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्ले नियुक्ति सिफारिस गरेका ६ जना सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको छ । आज बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्ले नियुक्तिका लागि सिफारिस गरेका ६ जना सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको हो ।
सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनेमा उच्च अदालतमा कार्यरत न्यायाधीश सारंगा सुवेदी, उच्च अदालत हेटौंडामा कार्यरत न्यायाधीश अब्दुर अजिज मुसलमान र उच्च अदालत पाटनमा कार्यरत महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना र वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल रहनुभएको छ ।
आजै संसदीय सुनुवाइ समितिले ६ जना न्यायाधीशको नाम सर्वोच्चमा अनुमोदन गरेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया