ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ९ जना घाइते

दार्चुला । रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । दुर्घटनामा जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर १० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, सोही वडाको डाँडाका ५२ वर्षीय भर्दर सार्की तथा सार्कीडाँडाका ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार राति रुकुम पश्चिम आठबीसकोट नगरपालिका–१० पिरिकोटबाट घर्तीगाउँ जाँदै गरेको भूकम्पपीडितका लागि जस्ता पाता बोकेको रा १ त १४ नम्बरको ट्रयाक्टर घुम्तीमा मोड्न खोज्दा दुर्घटना भएको आठबीसकोट इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा ९ जना घाइते भएका छन् । उनीहरुको नगर अस्पतालमा उपचार भइरहेको छ । ट्रयाक्टरका चालक आठबीसकोट– ९ का गोपाल विक फरार रहेका छन् । फरार विकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?