दार्चुला । नेकपा (एमाले) केन्द्रीय सदस्य एबं दार्चुलाका इन्चार्ज सहदेब बोगटी (मानव) नेतृत्वको टोलीले निर्माणाधिन दार्चुला तिंकर–सडक खण्डको स्थलगत अवलोकन गरेको छ । पुष २ गते व्याँस गाउँपालिकाको वडा नम्बर २ मालमा वडा कमिटीको बैठक सम्पन्न गरि वडा नम्बर ३ सिना आउने क्रममा फल्लेक कुन्तिङधारको डाडोबाट फतङगाडसम्म सडक निर्माणको अवस्था अवलोकनसंगै जोखिमपूर्ण यात्रा गर्नुपरेको टोलीमा सहभागि एमाले नेता हरदेब जोशीले बताउनुभयो ।

यात्रा अत्यन्तै जोखिमपूर्ण थियो, नेता बोगटीले भन्नुभयो, सडक निर्माणाधिन क्षेत्रमा निकै डरलाग्दो जोखिमपूर्ण अवस्था थियो । न समात्ने ठाउँ, न टेक्ने ठाउँ । हात या खुट्टा फुत्कने बित्तिक्कै सिधै नदीमा खसिने अवस्था थियो । ज्यानमारा सडकमा जोखिमपूर्ण यात्रा गर्दै टोली व्याँसबाट दुहुँ क्षेत्रमा पुगेको उहाँले बताउनुभयो । मालका एकै घरका तीन दाजुभाइ सहित एक दर्जन मानिसको ज्यान यहि फतङगाडमा खसेर गएको स्थानीय बताउछन् । ठाउँ ठाउँमा ब्लास्टिङ र कटिङका कारण यो बाटो धोस्त अवस्थामा रहेको यात्रामा सहभागि युवा हेमन्त मिश्रले बताउनुभयो ।

स्थानीयलाई दैनिकको यो जोखिमपूर्ण यात्राले निकै सास्ती भोग्नुपरेको अवस्था रहेछ, व्याँसबाट फर्केपछि नेता बोगटीले भन्नुभयो, यो सडक निर्माणमा अहिलेसम्म सरकारको आवश्यक ध्यान पुग्न सकेको देखिएन । समारिक महत्तको यो सडकमा प्रयाप्त बजेट र आवश्यक स्रोतसाधनको उपलब्धता आवश्यक रहेको उहाँको भनाई छ । बाटोको अवलोकनसंगै जोखिमपूर्ण यात्रा गरेपछि स्थलगत भिडियो सामाग्री नेपाली सेनालाई पठाएर यो सडक निर्माणको काम प्राथमिकताका साथ गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो ।

चालू आर्थिक वर्षमा तिंकर सडक खण्ड निर्माणका लागि सरकारले नेपाली सेनालाई १४ करोड रुपियाँ मात्रै बजेट दिएको छ । तुसरपानीदेखि तिंकरसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनाले पाएपनि भगौलिक कठिनाइ र बजेट अभावमा उल्लेख्य काम हुन सकेको छैन् । बजेट नबढ्ने हो भने तिंकरसम्म सडक पुर्याउन दशकौँ लाग्नसक्ने अवस्था छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय भएपनि सरकार परिवर्तन भएपछि बजेट घट्दै गएको नेता हरदेब जोशीले बताउनुभयो । वर्तमान सरकारले बजेट थपेर भएपनि तिंकर सडक प्राथमिकताका साथ निर्माण गर्नुपर्ने उहाँको भनाई छ ।

यात्रासहितको भिडियो हेर्नुहोस

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?