दार्चुला । भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नेतृत्वको टोलीले दार्चुला तिंकर सडकको निरीक्षण गरेर फर्किएको छ । झण्डै ७९ किलोमिटरको तुषरपानी–कोठेधार–तिंकर सडक खण्डमा भइरहेको कार्य प्रगतिको हवाइ तथा स्थलगत अनुगमन गर्न मन्त्री ज्वालासहित दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एबं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू, भौतिक पूर्वाधार सचिब केशव शर्मा, सेनाको विकास निर्माण हेर्ने सहायक रथी विकास पोखरेल लगायतको टोली विहिबार (आज) दार्चुलाको व्याँस गाउँपालिका पुगेर फर्किएको नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले बताउनुभयो ।

सेनाले सडक निर्माणको जिम्मा पाएपछि १० किलोमिटर क्षेत्रमा ट्र्याक मात्रै खोलिएको छ । सडकमा प्रगति नहुनुमा बजेट अभाव, कडा चट्टानी भूभाग, भारतीय अवरोध लगायतका कारण रहेको बताइन्छ । मन्त्री ज्वाला नेतृत्वको टोलीले निर्माणाधिन तिंकर सडकको सुन्सेरामा स्थलगत तथा निर्माणाधिन क्षेत्रमा हवाइ अवलोकन गरेको छ । अनुगमनपछि खलंगा आएको टोलीले तिंकर सडकमा बजेट थप्ने प्रतिवद्धता जनाएको छ । तिब्रताका साथ सडक निर्माणको प्लानिङ गर्नुहोस, सासंद बडूले भन्नुभयो, बजेटको अभाव हुन दिन्नौँ । आफुहरुले तुसरपानीदेखि तिंकरसम्मको ७९ किलोमिटर सडकको प्रगति अवस्था, समस्या र गर्नुपर्ने कामबारे अवलोकन गरेको मन्त्री ज्वालाले बताउनुभयो ।

राष्ट्रिय महत्तको उक्त सडक निर्माणमा उच्चस्तरीय अनुगमन गराएर पर्याप्त बजेट व्यवस्थापन गराउन लागिएको सांसद एवं पूर्वमन्त्री बडूको दाबी छ । अनुगमन टोलीलाई सडक निर्माणको अवस्थाबारे सेनाले ब्रिफिङ समेत गरेको बताइएको छ । अनुगमन टोली सुन्सेरा पुगेपछि व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामी लगायतको समेत सहभागिता थियो । यद्धपी अनुगमनको विषयमा गाउँपालिकासंग औपचारीक कुनै समन्वय नभएको बताइएको छ ।

बुधबार हिजो बसेको प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले नेपाली सेनाद्वारा निर्माण भइरहेको दार्चुलाको ‘तुसारपानी–कोठेधार–टिकर’ सडक खण्डको राष्ट्रिय महत्वलाई ध्यानमा राख्दै उक्त सडक यथाशीघ्र निर्माण सम्पन्न गर्न आवश्यक बजेट निकासा दिन समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । उक्त सडक निर्माण कार्य समयबद्ध योजना बनाइ तदारुकताका साथ छिटो निर्माण गर्न नेपाली सेनालाई निर्देशन दिएको बताइएको छ । तिकंर सडकमा कति बजेट कहिले थप्ने ठोस जानकारी भने आउन सकेन । तिंकर सडकको निरीक्षणमा आएको मन्त्री नेतृत्वको टोलीले निर्माण कार्यमा बजेटको अभाव हुन नदिने प्रतिवद्धता भने गरेको छ ।

सायद ५ जना मानिसहरू को फोटो हुनसक्छ

सायद ४ जना मानिसहरू र 'D.T.R.P Poweredby Triple Camera 2023.12.21 14:00 VR' भन्ने पाठ को फोटो हुनसक्छ

सायद ४ जना मानिसहरू र हिमाल को फोटो हुनसक्छ

सायद ९ जना मानिसहरू को फोटो हुनसक्छ

तस्बिरः बिपि बडूको फेसबुकबाट

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?