दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा शनिबार (आज) बाट अध्यक्ष ज्येष्ठ नागरिक उपचार कार्यक्रम सञ्चालन भएको छ । गाउँपालिकाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार पुस ७ गते आज बाट ११ गते सम्म ७० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई बिशेषज्ञ चिकित्सक मार्फत उपचार सेवा तथा स्वास्थ्य सम्बन्धि परामर्श शिविर सुरु भएको हो ।
जेष्ठ नागरिकको स्वास्थ्य उपचारका साथै ८० बर्षभन्दा माथिका सामाजिक सुरक्षा भत्ता पाप्त गर्ने नागरिकहरुलाई न्यानो कम्बल बितरण समेत भइरहेको लेकम गाउँपालिकाका अध्यक्ष रामदत्त जोशीले बताउनुभयो । जसअन्तरगत पुस ७ गते आज वडा नम्बर ५ र ६ का ज्येष्ठ नागरिकहरुलाई रिठाचौपाता स्वास्थ्य चौकीमा सेवा दिइएको उहाँले बताउनुभयो ।
वडा नम्बर ५ र ६ का ९८ जनालाई एमबिबिएस डाक्टर लक्ष्मण थापाद्धारा स्वास्थ्य परीक्षण गरीएको र ७३ जना ८० बर्षभन्दा माथिका सामाजिक सुरक्षा भत्ता पाप्त गर्ने ज्येष्ठ नागरिकलाई न्यानो कम्बल बितरण गरिएको अध्यक्ष जोशीले बताउनुभयो । यस्तै भोली वडा नम्बर ४ खरकडामा शिविर सञ्चालन हुने भएकाले सेवा लिन सरोकारवाला सबैलाई आग्रह गरिएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




